सुनचाँदीको मूल्य सामान्य वृद्वि
काठमाडौं, १६ जेठ । यस साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सोमबार सुनचाँदीको मूल्य बढेर सुन प्रतितोला ९८ हजार २ सय र चाँदीको प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।