Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

नेप्से ३५.५३ अंकले घट्दा, १ अर्ब ३१ करोड बढीको कारोबार

नेप्से ३५.५३ अंकले घट्दा, १ अर्ब ३१ करोड बढीको कारोबार

काठमाडौं, १७ जेठ । यस साताको दोस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ अंकमा पुगेको छ ।


मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ७.११ अंकले घटेर ४१५.६३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ, भने म्युचल फण्डको कारोबार बढेको छ । यस दिन म्युचल फण्ड समुहका कम्पनीको कारोबार ०.०७ अंकले बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x