छापावाला सुन प्रतितोला ९ सयले बढ्यो
काठमाडौं, २० जेठ । यस साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ९ सय र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ६ सय र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज शुक्रबार सुनचाँदीको मूल्य बढेर सुन प्रतितोला ९८ हजार ५ सय र चाँदीको प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।