Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सरकारले कर फिर्ता लिएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकारले कर फिर्ता लिएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २० जेठ । सरकार पेट्रोल र डिजेलमा कर फिर्ता लिएसँगै नयाँ मूल्य सार्वजनिक भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाए को छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको थियो ।

निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएको थियो ।

Empty Liquefied Petroleum Gas (LPG) cylinders are seen at a gas distribution centre in Dujana village, India, on October 7, 2015. Photo: Reuters

निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x