Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मूल्यवृद्धिको राहतका लागि सरकारको प्रयास रहेको उद्योगमन्त्री बडुको दाबी

मूल्यवृद्धिको राहतका लागि सरकारको प्रयास रहेको उद्योगमन्त्री बडुको दाबी

काठमाडौं, २० जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विश्वव्यापी मूल्यवृद्धिको बाछिटा नेपालमा पनि देखिएको बताएका छन् ।

नेपालभित्रकैभन्दा बाह्य कारणले गर्दा मूल्यवृद्धि भएको सरकारको निष्कर्ष रहेको उनले बताए । प्रतिनिधिसभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा बडूले मूल्यवृद्धि नियन्त्रढणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय परिस्थितिका कारणले मूल्यवृद्धि भएको छ। मूल्यवृद्धिका कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । गतको वर्षको तुलनामा यो वर्षको १० महिनामै १ खर्ब बढी रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ’ उनले भने ।

मूल्यवृद्धिका कारणले जनताको दैनिकीमा पर्न गएको कठिनाइका बारेमा सरकार जानकार भएकाले गर्दा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको उनले उल्लेख गरे ।

‘हालैमात्र सरकारले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाउने पहल सुरु गरिसेकको छ। आयल निगम सञ्चालक समितिले पनि मूल्य घटाइसकेको छ’ उनले भने ।

आगामी वर्षका लागि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थुप्रै कार्यक्रम ल्याएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x