Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

खस्कियो पर्यटक आगमन

खस्कियो पर्यटक आगमन

काठमाडौं, २० जेठ । कोभिडपछि नेपालमा बढ्दै गएको पर्यटक आगमनमा पछिल्लो महिना कमी आएको छ । सन् २०२२ को शुरुवात देखि लगातार ४ महिना बढिरहेको बाह्य पर्यटकको संख्यामा पाचौं महिना ह्रास आएको हो ।


यस वर्षको जनवरी, फेब्रुअरी, मार्च र अप्रिलमा क्रमशः १६ हजार ९ सय ७५, १९ ७ सय ६६, ४२ हजार ६ र ५८ हजार ३ सय ४८ जना पर्यटक हवाई मार्गबाट नेपाल आएकोमा मे महिनामा ५३ हजार ६ सय ८ जना आएका छन । योे अघिल्लो महिनाको तुलनामा ८.१३ प्रतिशतले कम हो ।


यस्तै २०१९ मे महिनाको तुलनामा २०२२ मे महिनामा पर्यटक आगमनको संख्या घटेको छ । २०२२ मे महिनामा ७२ हजार १ सय ५६ जना पर्यटक नेपाल आएका थिए भने २०२२ मा सो संख्या घटेर ५३ हजार ६ सय ८ जनामा खुम्चियको हो । सोहि अवधिको तथ्यांकलाई आधार मानेर हेर्न हो भने यो २५.७ प्रतिशतले कम हो ।


यस वर्षको मे महिनामा नेपाल आउने पर्यटक सबै भन्दा धेरै पहिलो भारत २६ हजार ६ सय ६२, दोस्रो अमेरिका ७ हजार २ सय ७४, तेस्रो बंगलादेश ३ हजार २ सय ६८ जना आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

गत मे महिनामा सार्क एशिया ३० हजार ५ सय ६६ , अन्य एशिया राष्ट्र बाट २ हजार २ सय २३ जना, युरोप बाट ६ हजार ८ सय ९५ जना, ओसिआना १ हजार ६ सय ९४ जना, अमेरिकन मुलुक अ‍ेमेरिका र क्यानडा बाट ८ हजार ३३ जना र अन्य राष्ट्रबाट ४ हजार १ सय ९७ जना पर्यटक नेपाल भित्रिएको बोर्डले बताएको छ ।


गत मे महिनामा प्रस्थान गर्ने पर्यटकको संख्या भने ६१ हजार ३ सय ५० रहेको छ ।
२०२० मे महिनामा ३१ जना र २०२१ मे महिनामा १४ सय ६८ जना मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x