Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको अर्थमन्त्री शर्माको दाबी

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको अर्थमन्त्री शर्माको दाबी

काठमाडौँ, २० वैशाख । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष बनाइएको छ ।

‘विपन्न नागरिकहरूको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९.७ वर्ष रहेछ । यो योजना आयोगले १५ औं योजनामा निकालेको तथ्यांक हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयु कम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ’ उनले भने ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरुसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए ।

अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको उनको दाबी थियो । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x