Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्यातमा ८ प्रतिशत सम्म नगद अनुदान दिने निर्यातकर्ताहरुमा देखिएको अन्योलताको विषयमा महासंघको ध्यानाकर्षण

निर्यातमा ८ प्रतिशत सम्म नगद अनुदान दिने निर्यातकर्ताहरुमा देखिएको अन्योलताको विषयमा महासंघको ध्यानाकर्षण

काठमाडौं, २० जेठ । आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ७१ मा उल्लेख गरिएको उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तुहरू र सूचना प्रविधिमा आधारीत सेवा तथा बिजिनेस प्रोसेस आउट सोसिङ जस्ता सेवाहरू पहिचान गरी निर्यात प्रबद्र्धन गरिने र यस्ता वस्तुको निर्यातमा ८ प्रतिशत सम्म नगद अनुदान दिने व्यवस्था गरिएको विषयमा निर्यातकर्ताहरुमा देखिएको अन्योलताको विषयमा निर्यात व्यवसायी महासंघ नेपालको ध्यानाकर्षण भएको महासंघले बताएको छ ।

यस विषयमा मन्त्रालयसँग भएको छलफलका क्रममा पहिले निर्यात भई नगद अनुदान लिइरहेका नेपाली उत्पादनहरुमा नगद अनुदानको सिमा ५ प्रतिशतबाट बढाई ८ प्रतिशतसम्म पुर्याउनको लागि कार्यविधी निमार्णको क्रममा रहेको बताइएको छ ।
साथै नगद अनुदान कार्यविधी निर्माण भए पश्चात मात्र नगद अनुदानको व्यवस्था लागू हुने भएको हुदाँ नगद अनुदान कार्यविधी छिटोभन्दा छिटो निर्माण गर्नको लागि महासंघले सरकारसँग पहल गर्ने बताएको छ । त्यस अन्तरगत बुँदा नं. ७१ मा उल्लेख गरिएका निर्यात संभावना भएका नयाँ वस्तु लगायत विगत लामो समय देखि नेपालबाट अन्तराष्ट्रिय बजारमा निर्यात भईरहेका वस्तुहरुमा पनि सोहि बमोजिम नगद अनुदानको व्यवस्था महासंघले जानकारी गराएको छ ।
निर्यात व्यवसायी महासंघ नेपालले नेपालको अर्थतन्त्रको प्रमुख पिलरको रुपमा निर्यात व्यवसायलाई स्थापित गरिनु पर्छ भन्ने मूल उद्देश्यका साथ नेपाल सरकारलाई आ. व. २०७९/८० को बजेटमा समावेश गर्नका लागि विभिन्न सुझावहरु दिएको थियो । नगद अनुदानलाई वृद्धि गरि १० प्रतिशत बनाउनको लागि महासंघले बिगत लामो समय देखि नै माग गर्दै आईरहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x