छापावाला सुन प्रतितोला २ सयले बढ्यो
काठमाडौं, २३ जेठ । यस साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ९ सय र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सोमबार सुनचाँदीको मूल्य बढेर सुन प्रतितोला ९८ हजार १ सय र चाँदीको प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।