Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल बीच वित्तीय समाधानहरु उपलब्ध गराउने सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल बीच वित्तीय समाधानहरु उपलब्ध गराउने सम्झौता

काठमाडौं, २३ जेठ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।


यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड बैंक (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बताइएको छ ।


जसले उनीहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न सक्छ । यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागु गर्न पनि सहयोग गर्नेछ ।


यस्तै हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भने युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएकोमा बैंक हर्षित भएको बताएका छन । कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न डिजिटल यात्रामा लामो कालखण्ड पार गरेको र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा कटिबद्ध रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x