Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवद्र्घन गर्न अनलाइन वेबिनार कार्यक्रम

कामना बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवद्र्घन गर्न अनलाइन वेबिनार कार्यक्रम

काठमाडौं, २३ जेठ । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुम मार्फत गत २१ गते अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।


उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने जस्ता कराहरु सिकाउदै आएको बैंकले बताएको छ ।


बैंकले आफÞनो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x