Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पर्यटन बोर्डद्धारा मित्रराष्ट्र नाइजेरियाको सेनाको भ्रमणदलसँग पर्यटनबारे छलफल

पर्यटन बोर्डद्धारा मित्रराष्ट्र नाइजेरियाको सेनाको भ्रमणदलसँग पर्यटनबारे छलफल

काठमाडौं, २४ जेठ । नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र नाइजेरियाको सेनाको टोलीसंग नेपालको पर्यटनका बारेमा अन्र्तक्रिया गरेको छ ।


काडमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा मित्रराष्ट्र नाइजेरियाको नेशनल डिफेन्स कोर्षमा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहरु सम्मिलित २२ सदस्यीय भ्रमणदलका सदस्य तथा नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । टुरिजम डेभलपमेन्ट इन नेपाल एण्ड लेशन फर नाइजेरिया भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको एनडीसीको जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको छ ।


उक्त भ्रमणदललाई नेपालका पर्यटनसंग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो ।
सोही अवसरमा एनडीसीको टोलीलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल भौगोलिक विधितायुक्त सुन्दर देश भएको उल्लेख गर्दै नेचर कल्चर र एडभेन्चर यी तिनै सबै खालका पर्यटकीय गतिविधिका लागि विश्वभरबाट पर्यटक आउने गरेको बताएका थिए । उनले नाइजेरियन सेनासँगको अन्र्तक्रियाबाट त्यहाँबाट नेपाल आउन चाहने नाइजेरियन पर्यटकका लागि थप सूचना सम्प्रेषण हुने बताए ।


उक्त भ्रमण टोलीका हेड अफ डेलीगेशन ब्राइगाडिएर जेनेरल अलेच्नु माइक अलेच्नुले नेपाली सेना र नाइजेरियन सेनाका बीचमा आफ्नै खालको सम्बन्ध रहेको उल्लेख गर्दै यो अन्तरक्रियाबाट नेपालको पर्यटनबारे धेरै जान्ने मौका मिलेको र यसले भोलीका दिनमा जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताएका थिए । यस्तै नाइजेरियाका सेनाका ब्राइगाडिएर जेनेरल आरटी उत्साहले बोर्डले आयोजना गरेको कार्यक्रमबाट नाइजेरियन सेनाले नेपालको पर्यटनका बारेमा धेरै जान्ने मौका मिलेको बताउँदै नेपालको आतिथ्यता साच्किै प्रंशसनिय रहको प्रतिक्रिया दिए ।


कार्यक्रममा बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटनमा समग्र पक्ष र नेपालका पर्यटकीय गन्तव्यका बारेमा प्रस्तुतिकरण दिएका थिए । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको आतिथ्यता यहाँको प्राकृतिक सौन्दर्य पर्यटकका लागि आर्कषणको केन्द्र रहेको बताएका थिए । कार्यक्रममा नाइजेरियन सेनाका सहभागीह?ले यस किसिमको भ्रमणले दुई देश बीचको पर्यटकीय सम्बन्धलाई अझ सुमधुर एवं मजबुत पार्न थप मद्दत पुग्न गई दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको बताउँदै नेपालको समग्र पर्यटन,पर्यटकको सुरक्षा तथा कनेक्टिभिटीका बारेमा जिज्ञासा राखेका थिए ।


जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित मध्ये कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण सम्पन्न गरी जेठ २८ गते नाइजेरिया फिर्ता हुने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x