Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीको बढ्दो ठगी

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीको बढ्दो ठगी

काठमाडौं, २४ जेठ । वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीको बढ्दो ठगी, एउटै संस्थाद्वारा करोडौँको ठगी भएको श्रम मन्त्रालयले जनाएको छ ।

ठगीमा परेकाहरु न्यायका लागि प्रहरीदेखि जिल्ला प्रशासनसम्म धाउँदा पनि कतै उजुरी नलिएपछि अन्तिममा श्रम मन्त्रालयसम्म पुगेको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकारसँगको चियापान कार्यक्रममा उनले बेरोजगार भए पनि वैदेशिक रोजगारीमा जाने आसमा पर्दा ठगिएकोले सबै सचेत हुनुपर्ने उल्लेख गरे ।

सञ्चारमाध्यमले चेतनाका कार्यक्रम, सूचना समाचार तथा फिचर तयार पारे ठनिे कार्यमा कमि हुने सचिव अर्यालले उल्लेख गरे ।

पछिल्लो समय विदेश अध्ययनका लागि विद्यार्थी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर चरम ठगी गरिरहेका छन् ।

कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेर सञ्चालक नै फरार हुने गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिनहुँ पर्ने गरेको श्रम मन्त्रालयले उल्लेख गरेको छ ।

शैक्षिक परामर्श संस्थाले रोजगारीका नाममा करोडौँ रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिसन नै चलायो । तर, सफल हुन सकेन ।

शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगतसहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जनासहित ७ करोड रुपैयाँबराबरको मुद्दा दायर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x