Shangrila

विद्युतिय सवारी साधनमा भन्सार तथा अन्तःशुल्क महशुल वृद्धि गरिनु दुरुत्साहित : नाडा अटोमोवाईल

काठमाडौं, २४ जेठ । अर्थ मन्त्रीले प्रस्तुत गरेको बजेटले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोगगरी छिमेकी मुलुकसंगको व्यापार घाटालाई कम गर्ने, नेपालको आफ्नै उत्पादन जलविद्युतलाई विद्युतिय सवारी साधनहरु लगायतका विभिन्न वस्तुहरुमा प्रयोगगरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको देखिए पनि सोही बजेटमा १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरिनुले प्रोत्साहनको सट्टा दुरुत्साहित भएको नाडा अटोमोवाईल एशोशिएशन नेपालले बताएको छ ।


नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गरि दिन सरकारसंग नाडाले अनुरोध गरेको छ ।


यस्तै केहि समय अघि मात्रै नेपाल सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन नीजि प्रयोजनका सवारी साधनहरुको आषाढ मसान्तसम्मका लागि आयातमा रोक लगाएको थियो । उक्त निजी प्रयोजनका सवारी साधनहरुको आयातले विदेशी मुद्रा संञ्चिति र शोधनान्तर स्थितिमा खाशै असर पार्ने नदेखिएकोले आयात प्रतिबन्धको सहज समाधानका लागि समेत सरकारसंग अपिल गरेको छ ।


सो बजेटमा सरकारले २०० सि.सि सम्मका मोटरसाइकललाई सर्वसाधरण जनताले प्रयोग गर्ने सवारी साधनको रुपमा लिएको देखिए पनि २०० सि.सि भन्दा माथिका मोटरसाइकलमा भने अन्तःशुल्क तथा भन्सार महशुलमा अत्यधिक वृद्धि गरेबाट त्यस किसिमका मोटरसाइकलको विक्री वितरण गर्दै आएका अटोमोवाइल व्यवसायीहरुले अव आफ्नो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न भएकोले यसतर्फ समेत पूर्नविचारका लागि सरकारसंग अनुरोध गरेको बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *