Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आगामी बर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

आगामी बर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले आगामी आवका लागि मौद्रिक नीतिको तयारी गरिरहेको छ । त्यसैका लागि केन्द्रीय बैंकले मंगलवार सूचना जारी गर्दै सर्वसाधारण तथा सरोकारवालबाट सुझाव मागेको हो ।

सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने छ । जो कोहिले ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरी हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x