Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

फलामे डण्डीको कच्चा पदार्थ भन्सार महशुल र एम एस वायरमा बढाईएको भन्सार महशुल तथा अन्तःशुल्कलाई सहजीकरण गरिदिन स्टिल रोलिङ्ग मिल्सका सदस्यको माग

फलामे डण्डीको कच्चा पदार्थ भन्सार महशुल र एम एस वायरमा बढाईएको भन्सार महशुल तथा अन्तःशुल्कलाई सहजीकरण गरिदिन स्टिल रोलिङ्ग मिल्सका सदस्यको माग

काठमाडौं, ३० जेठ । फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरन तथा बिलेट्स बिच भन्सार महशुल एवं अन्तःशुल्कको विभेदकारी व्यवस्था एवं एम एस वायरमा बढाईएको भन्सार महशुल तथा अन्तःशुल्कलाई सहजीकरण गरिदिन नेपाल स्टिल रोलिङ्ग मिल्सका सदस्यहरुले माग राखेका छन ।

नेपाल सरकारले पेश गरेको आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरि अन्तःशुल्क पूर्ण छुट गरेको छ भने बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरि भन्सार बिन्दु मै २ हजार ५ सय लाग्दै आएको अन्तःशुल्क लाई बढाउदै ३ हजार ५ सय प्रति मे. टन कायम गरेको छ ।

सो व्यवस्थाले नेपालमा सञ्चालित ३० डण्डी उद्योगहरुमध्ये स्पञ्ज आईरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षिय रुपमा अत्याधिक लाभ गरेको छ भने बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था सृजना गरेको छ । त्यस्तै एकै प्रकृतीका वायर उद्योगको कच्चा पदार्थ एम एस वायरमा साविक ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरि १० प्रतिशत पु¥याईएको छ भने भन्सार बिन्दु मै लगाईदै आएको रु. २ हजार ५ सय प्रति मे. टनको अन्तःशुल्कलाई समेत वृद्धि गरि रु. ४ हजार ५ सय प्रति मे.टन पु¥याईएको छ ।

बिलेट्स आयात गरि डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सिमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी समग्र सरोकारवाला तथा उद्योगीहरुसगंको छलफल बिना ल्याईएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई मर्कामा पारेको बताइएको छ ।
यस व्यवस्थाले कच्चा पदार्थको लागत मै प्रतिस्पर्धा गर्न नसकिने अन्तर र स्पञ्ज आईरन तथा बिलेट्सबाट छड बनाउदाँ लाग्ने कच्चा पदार्थको लागत मूल्य बिचको फरक भन्सार महसुल मै रु. १२ देखि रु. १३ सम्म महङ्गो पर्न जाने बताइएको छ ।
साथै एकाधिकृत बजार तथा कालोबजारीको सृजना, राजश्वमा कमी तथा अन्तःशुल्क राजश्वमा कमि आउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x