राष्ट्र बैंकले बैंकका सीइओसंग विभिन्न विषयमा छलफल गर्दै
काठमाडौं, ३१ जेठ । राष्ट्र बैंकले नेपाल राष्ट्र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई छलफलका लागि बोलाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका विभिन्न विषयमा छलफल गर्नको लागि २७ वटै वाणिज्य बैंकका सीइओलाई छलफलका लागि बोलाएको हो ।
‘छलफलका लागि आज ३ बजे राष्ट्र बैंकले बोलाएको छ, बैंकिङ क्षेत्रका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्र बैंकले केही दिन अगाडि बैंक अध्यक्षलाई बोलाएर मर्जरमा जाने भए असारसम्म जानुपर्ने त्यसपछि त्यो सुविधा नपाउने उल्लेख गरेको थियो ।