वीरगञ्ज नाकाबाट मात्रै ७ खर्ब १७ अर्बको वैदेशिक व्यापार
काठमाडौं, ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका बाट ७ खर्ब १७ अर्बको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा वीरगञ्ज नाकाबाट कुल ७ खर्ब १७ अर्ब ८९ करोड २७ लाख बढीको वैदेशिक व्यापार भएको हो ।
सो नाका बाट आयात ६ खर्ब ४१ अर्ब बढीको भएको छ । यस्तै निर्यात ७६ अर्ब ५५ करोड २८ लाख बढीको भएको विभागको तथ्याङ्कका उल्लेख छ ।