नेप्से ४५.२५ अंकले ओरालो
काठमाडौं, ९ असार । हिजो एक दिन उकालो लागेको शेयर बजार आज साताको पाँचौं दिन बिहीबार ओरालो लागेको लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले बढेर १८४८.२८ अंकमा पुगेको छ ।
बिहीबार २३७ कम्पनीको ५० लाख ८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ७.६ अंकले बढेर ३६२.०९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.९१ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार २१८.०५ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा २.८५ अंकले कारोबार घटेको हो ।