Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्दै

उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्दै

काठमाडौं, ९ असार । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । मञ्चले आगामी असार ११ गतले शनिबार सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।


राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगारकोष, नेपाल स्थित भारतीय राजदूतवासको समेत सहयोगमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोतसाहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।


नेपाल स्टार्टअप फेस्ट २०२२ मा स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन्। स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय अवधि तोकिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो। त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिईनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने जनाईएको छ ।


आयोजकका अनुसार यस कार्यक्रमबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ठ परियोजनमा लगानी गर्ने अवसर दिइएको छ । स्टार्टअप फेस्ट मार्फत ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने बताइएको छ । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई उत्साहित बनाउने आयोजकको विश्वास रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x