Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१९ वटा गाउँपालिकाले बजेट ल्याएनन

१९ वटा गाउँपालिकाले बजेट ल्याएनन

काठमाडौं, १२ असार । असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । तर १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् । ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।

देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।

गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै आएका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x