Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकास कोषमा सहभागीलाई १.५ प्रतिशत थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत  वृद्धि  स्वीकृत अवकास कोषमा सहभागीलाई १.५ प्रतिशत थप प्रतिफल दिने

काठमाडौं, १२ असार । नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धिस्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ ।

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष संचालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *