सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुकुमको भुमे गाउँपालिका चुनवाङमा
काठमाडौं, १३ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुम जिल्लाको भुमे गाउँपालिका ९ चुनवाङ रुकुम पुर्व यहि १० गतेबाट ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकको रहेको बताइएको छ ।