Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२३ वर्षपछि नयाँ भन्सार एजेन्ट छानिए

२३ वर्षपछि नयाँ भन्सार एजेन्ट छानिए

काठमाडौं, १६ असार । भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाएको छ। पछिल्लो पटक ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनोट भएका छन्।

लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा उनीहरू भन्सार एजेन्टका रूफमा छानिएका हुन्। यसअघि भन्सार विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ ।

यसअघि पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो। निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि वैशाख १७ गते भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x