Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बेलायती लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह

बेलायती लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, १७ असार । बेलायती लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आग्रह गरेका छन् ।
बेलायतस्थित नेपाली दूतावासले त्यहाँका लगानीकर्ताहरू लक्षित गरी आयोजना गरेको “इन्भेष्टमेन्ट इन इमर्जीङ्ग नेपाल” कार्यक्रममा लगानी बोर्ड, नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनलाई सम्बोधन गर्दै बेलायती लगानीकर्तालाई नेपालमा सम्भाव्य लगानीका बारे जानकारी गराएका हुन् । लगानी बोर्डले विकासकर्तालाई फास्ट ट्रयाकबाट सुविधा एवं सहजीकरण उपलब्ध गराउदै आइरहेकाले लगानीमैत्री वातावरण तयार भईसकेको सन्दर्भमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आव्हान गरेका गरेका थिए ।


नेपालमा विदेशी लगानीकर्ताले गरेको पुनर्लगानी, सम्पन्न भएर सञ्चालनमा आएका ठूला सिमेन्ट परियोजना तथा अरुण तेश्रो जलविद्युत आयोजनाको विकास समेतले नेपाल लगानीका लागि उदयमान गन्तव्य हो भन्ने आधार श्रृजना भईसकेको उनले बताएको छन् ।


भट्टले भने “लगानी बोर्डमार्फत अहिलेसम्म ३३ परियोजनाका लागि ८.७४ अर्ब अमेरिकी डलरको लगानी स्वीकृत भएको छ । नेपालले आफ्ना विकास आवश्यकता पूरा गर्न विदेशी लगानीलाई स्वच्छ र नवीकरणीय जलविद्युतका अतिरिक्त विद्युतीय यातायात, सडक, खानी तथा खनिज लगायतका विविध क्षेत्रमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ भने नेपाल सरकारले हरित र उत्थानशील पूर्वाधार विकासलाई समेत उच्च महत्व दिएको छ ।”

यस्तै सम्मेलन आयोजकका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत मन्तव्यका क्रममा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो प्रगाढ र मित्रवत सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्दै नेपालको विकासमा बेलायत सधै सहयोगी रहँदै आएको बताए । विदेशी लगानीकर्ताका लागि नेपालले सहज र सरल वातावरण तयार गर्नुका साथै लगानी सुरक्षाको प्रत्याभूति समेत गरेको भन्दै राजदूत आचार्यले स्वच्छ र नवीकरणीय उर्जा, म्यानुफ्याक्चरिङ, विद्युतीय परिवहन तथा अन्य जलवायु उत्थानशील पूर्वाधार र औघेगिक क्षेत्रमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्तासमक्ष आग्रह गरेका थिए ।


सम्मेलनमा युके नेपाल ट्रेड एन्ड इन्भेष्टमेन्ट फोरमका अध्यक्ष द लर्ड सेख, डिपार्टमेन्ट अफ इन्टरनेशनल ट्रेडका तर्फबाट म्यानुफ्याक्चरिङ, इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर निर्देशक रोड्नी बेरकेली र राजेश हेम्नाइ, इन्भेष्टमेन्ट म्यानेजर, इन्फ्रास्ट्रक्चर टिम(ब्रिटीश इन्टरनेशनल इन्भेष्टमेन्ट तथा डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ लगाएतले बोलेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x