११ महिनामा पौने ३ अर्बको चक्लेट र ८० करोडको चुइगम आयात
काठमाडौं, १९ असार । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । त्यसका लागि ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ ।
नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ ।