Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन सरकारलाई पुर्वअर्थमन्त्री खतिवडाको चुनौती

पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन सरकारलाई पुर्वअर्थमन्त्री खतिवडाको चुनौती

काठमाडौं, १९ असार । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाकै जस्तो नभए पनि सरकारले सुधारको लक्षण नदेखाउँदा थप चिन्ता बढेको बताउनुभएको छ। राजधानीमा हिजो आयोजित अर्थतन्त्रको वर्तमान अवस्था र आगामी वर्षको बजेट माथिको छलफल कार्यक्रममा पूर्वमन्त्री खतिवडाले सरकारले अर्थतन्त्रमा देखिएको संकट हल गर्ने भन्दा पनि तमासा हेरेर बसेकाले कतै श्रीलंका नै बन्ने हो की भन्ने मनोवैज्ञानिक त्रास बढेको बताउनुभएको हो ।

वास्तवमै अर्थतन्त्रको अवस्था राम्रो नभएको भन्दै उहाँले बोल्ने भन्दा पनि संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

खतिवडाले आगामी वर्षको बजेटमा मनमा आएका सबै कुराहरु राखेको भन्दै आलोचना समेत गर्नुभयो । असम्भव र नमिल्दा कुराहरु राखेर बजेट लोकप्रिय बनाउन खोजेको भन्दै ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्न र पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन चुनौती दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x