डरलको भाउमा नयाँ रेकर्ड, हालसम्मकै उच्च विन्दुमा
काठमाडौं, १९ असार । अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले आइतबार पनि बढेर नयाँ रकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आइबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नुछ ।
शुक्रबार अमेरिक डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा थियो ।
पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।