Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३० हजारमा दाहुवाका सिसिटिभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेशिनसम्मका उपहार

३० हजारमा दाहुवाका सिसिटिभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेशिनसम्मका उपहार

काठमाडौं, २० असार । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सिसिक्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाईने भएको छ ।
नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्ट प्रा.लि.ले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।


नेपाली बजारमा अधिक रुचाइएको उक्त सिसिक्यामेरा कम्पनीले आफ्ना उपभोक्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो ।
बिध म्यानेजमेन्ट प्रा.लि. र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा तिस हजार बराबरको सिसिक्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।


यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, ईन्डक्सन चुल्हो, मिक्सर÷ग्राईन्डर, स्मार्टमोवाईलदेखी हात खाली नजाने रु. १ हजार, रु.७ सय ५० रुपैयाँ, र रु.५ सय का नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।


यसका साथै नेपालभरीका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ ।
दाहुवा सिसिटिभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ ।

उपहारसँगै बिध म्यानेजमेन्टले घर÷टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सिसिटिभी को प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य रु.२५ हजार कायम गरेको छ ।


यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आब्हान समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x