Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कुमारी बैंक र बनेपा डेन्टल क्यर बीच सम्झौता

कुमारी बैंक र बनेपा डेन्टल क्यर बीच सम्झौता

काठमाडौं, २० असार । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल क्यर बीच कुमारी बैंकका ग्राहकहरुलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।


यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x