सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, २२ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच यहि २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंङ्गि बाट क्यूआर कोड स्क्यान वा डेबिट÷ क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम्. संचालनमा रहेका छन् ।