Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसन बीच सहकार्य

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसन बीच सहकार्य

काठमाडौं, २४ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वमित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के .सी ले हस्ताक्षर गरेका हुन् ।


सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x