Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

धितोपत्र व्यवसायी नियमावली संशोधन गर्ने प्रस्तावप्रति ब्रोकरहरूको आपत्ति, बोर्डमा बुझाए ज्ञापनपत्र

धितोपत्र व्यवसायी नियमावली संशोधन गर्ने प्रस्तावप्रति ब्रोकरहरूको आपत्ति, बोर्डमा बुझाए ज्ञापनपत्र

काठमाडौं, २७ असार । नेपाल धितोपत्र बोर्डले सीमित समूहलाई फाइदा पुग्ने गरि नियमावली संशोधन गर्न खोजेको भन्दै स्टक ब्रोकर एशोसिएसनले विरोध जनाएको छ ।
एशोसिएसनले सोमबार बोर्डलाई ज्ञापनपत्र बुझाउँदै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। एशोसिएसनले संशोधनमा राखिएको केही बुँदाले अहिले संचालनमा रहेका कम्पनी संकटमा पर्ने र सीमित समूहको नियन्त्रणमा पुग्ने जिकिर गरेको छ।

बोर्डले आफूसँग सुझाव नलिइ नियमावली संशोधन गरेको र रातारात अस्वाभाविक हतारोमा किन ल्याएको भन्दै प्रश्न समेत गरेको छ। आधारहीन अध्ययनका आधारमा व्यक्तिगत सस्तो लोकप्रियताका लागि बोर्डले यस्तो संशोधन प्रस्ताव गरेको ब्रोकरहरुको धारणा छ।

ब्रोकरहरुले अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखारहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा बोर्डले बेवास्ता गरेको आरोप एशोसिएसनले लगाएको छ।

मार्जिन कारोबारको कार्यविधि लागु गरी तीन आर्थिक वर्षको नवीकरण शुल्क असुले पनि नियामककै अनिच्छाले पूर्ण रुपमा सेवा दिन ब्रोकर बञ्चित भएको एशोसिएसनले जनाएको छ।

धितोपत्र बोर्डले कुनै अवसर र परीक्षण नै नगरी नियमावली संशोधन गर्दा ब्रोकरहरुलाई अयोग्यताको ट्याग लगाएर अपहेलित बनाएको एशोसिएसनले दुखेसो गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x