गत आर्थिक वर्ष दशककै कम विकास बजेट खर्च
काठमाडौं, २ साउन । गत आर्थिक वर्ष २०७८–०७९ मा विनियोजित बजेटको आधा मात्रै विकास बजेट खर्च भएको छ। कुल विनियोजनको ५७ दशमलव २३ प्रतिशत अर्थात २ खर्ब १६ अर्ब २१ करोड रुपैयाँ मात्र खर्च भएको छ।
विकास निर्माणका लागि ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले हरेक महिना दशप्रतिशतका दरले शतपतिशत खर्च गर्ने गरी मापदण्ड पनि तयार पारेको थियो । तर त्यो अनुसार खर्छ हुनसकेन ।
आर्थिक वर्ष २०७४–०७५ मा ८१ प्रतिशत अर्थात २ खर्ब ६० अर्ब खर्च भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५–०७६ मा ७७ प्रतिशत अर्थात २ खर्ब ४१ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७६–०७७ मा ४६ प्रतिशत अर्थात १ खर्ब ९१ अर्ब रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७७–०७८ मा ६५ प्रतिशत अर्थात २ खर्ब ८३ अर्ब रुपैयाँ खर्च भएको थियो । संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरिएको छ । तर त्यसले पनि बजेट खर्चमा प्रभावकारी हुन सकेको छैन् ।