Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकको एनआरएनद्वारा स्वागत

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकको एनआरएनद्वारा स्वागत

काठमाडौं, ८ साउन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सदनले गत शुक्रबार विधेयक पारित गरेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भिœयाउन सहज हुने बताए । स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीहरूसँग रहेको शीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको उनले सम्झिए । भने, ‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्तासमेत नेपालसँग कसिलोसँग जोडिनेछ ।’

संघका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा स्वागत गरिन् । ‘हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु, सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्नेछौं,’ उनले भनिन् ।

संघका उपाध्यक्ष डा. हेमराज शर्माले यो विधेयकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए । संघका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । संघका महासचिव डा. केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतीक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए ।

विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबुआमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x