नाडा अटो एक्सपो २०२२ स्थगित
काठमाडौं, ९ साउन । नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ । आगामी भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो ।
सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध आगामी श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएकोले नाडा अटोमोवाइल्स एशोसिएशनले यस्तो निर्णय गरेको बताएको छ ।
नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा साउन ८ गते काठमाण्डौमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिएका थिए ।