नेप्से ५४.४५ अंकले उकालो, ४ अर्ब १० करोड बढीको कारोबार
काठमाडौं, ९ साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी हो ।
सोमबार २१४ कम्पनीको ९९ लाख ४४ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ९.०५ अंकले बढेर ४०७.३८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.२७ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ भने आज सबै भन्दा धेरै विकाश बैंक समूहका कम्पनीको कारोबार २१३.३८ अंकले बढेर ३८६५.५१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ५.८४ अंकले बढी हो ।