उद्योग विभागद्वारा ४ खर्ब १९ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत
काठमाडौं, १८ साउन । उद्योग विभागमार्फत हालसम्म ४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको जनाइएको छ । विदेशी लगानीतर्फ ५ हजार ५३३ परियोजनाका लागि यो लगानी स्वीकृत भएको हो ।
विदेशी लगानीतर्फ पनि साना उद्योगको संख्या बढी छ । कुल ४ हजार ६ स ८ साना उद्योगसहित ६ सय ३ मझौला र ३ सय २२ ठूला परियोजनाका लागि विभागले स्वीकृति दिएको छ ।
यसैगरी उद्योग विभागले लगानी स्वीकृति दिन थालेयता हालसम्म सवा २६ खर्बभन्दा बढी लगानी स्वीकृत गरेको छ । असार मसान्तसम्ममा २६ खर्ब २७ अर्ब लगानी स्वीकृत गरिएको विभागले जनाएको छ । विभागले सन् २०१७र०१८ देखि लगानी स्वीकृत गर्न थालेको हो ।
विभागले हालसम्म ५ हजार ४४२ साना उद्योगसहित, मझौला २ हजार १७ र ठूला उद्योग १ हजार ३०५ दर्ता गरी लगानी स्वीकृत गरेको छ । यी उद्योगले ६ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख छ ।