Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

१० बर्षपछि बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा मुद्दा जिते

१० बर्षपछि बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा मुद्दा जिते

काठमाडौं, १७ साउन । बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनमा मुद्दा जितेका छन्।

काउन्टर ग्यारेन्टी बापतको रकम पाउनुपर्ने दाबी गर्दै दुई बैंकले चिनियाँ अदालतमा दायर गरेको मुद्दा जितेका छन्। योसँगै दुई बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता पाउने भएका छन्।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेका दुई बैंकले फिर्ता पाउनुपर्ने दाबी गरेका थिए।

दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *