Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया क्यापिटल र म्यूजिक नेपाल बीच क्यापिटलको आइडीया टु आइपीओ सेवा उपलब्ध गराउने सम्झौता

एनआईसी एशिया क्यापिटल र म्यूजिक नेपाल बीच क्यापिटलको आइडीया टु आइपीओ सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं, २० साउन । एनआईसी एशिया क्यापिटलको आइडीया टु आइपीओ सेवा अन्तर्गत म्यूजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आइपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपालले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x