Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हप्तामा ६ दिन कारोबार हुँदै आएको सेयर अब ५ दिन मात्रै कारोबार हुने

हप्तामा ६ दिन कारोबार हुँदै आएको सेयर अब ५ दिन मात्रै कारोबार हुने

काठमाडौं, २० साउन । नेपाल आर्थीक पत्रकार संघ (नाफीज) ले बिहीबार काठमाडौंको एभरेष्ट होटलमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना बारे अन्तरक्रिया कार्यक्रममा सेयर कारोबार अब शुक्रबार मात्रै हुने बताइएको छ ।


हाल हप्तामा ६ दिन कारोबार हुँदै आएको सेयर बजार अब छिटै शुक्रबारको कारोबार हटाएर ५ दिन मात्र कारोबार गराउने नेप्सेका प्रबन्धक निरन्जन फुयालले बताएका छन् । साथै सेयर खरिद बिक्रीमा ट्रेडिङ्ग कष्ट कम हुनुपर्ने, रिक्स सेयरिङ्ग बराबर हुनुपर्ने, आइपीओमा बुक बिल्डिङ्ग प्रोसेस ल्याउनु पर्ने, सिडीएस सफ्टोएर अपडेट गर्नु पर्ने र नेप्सेलाई डिलरको ठुलो आवश्यकता रहेको उनले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने वर्तमान अवस्थामा ५० वटा ब्रोकर कम्पनी र ५६ वटा ब्रान्च अफिस रहेकोमा थप १५ वटा नयाँ ब्रान्च अफिस स्विकृतिको प्रक्रियामा रहेको उनले बताए । आगामी दिनमा ७७ वटै जिल्लाबाट सेवा प्रदान गर्न चाहेको उनले बताएका छन् ।


साथै आगामी ५ वर्षमा मार्केट एक्सेस बढाउने, इन्भेष्टर बढाउने, सर्भिस पोलिसी इम्प्रुभमेन्ट गर्ने, इम्पोलाइट पोलिसी डेभलप गर्ने लगाएत काम गर्ने उनले बताएका छन् । ब्रोकरको नयाँँ ब्रान्च खोल्न १२/१४ महिना लाग्ने गरेका छ यसको समय घटाउनु पर्यो र हरेक ब्रोकरलाई फ्रिडम तरिकाले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।


सो कार्यक्रममा बोल्दै नेपाल धितोपत्र र्बोडका अध्यक्ष रमेश कुमार हमालले लगानी कर्ताको हक हित र सुरक्षा प्रदान भयोकी भएन यसलाई व्यवस्थित गरेर जाने र लगानी कर्ताको विश्वास जीत्ने गरी काम गर्ने उनले बताएका थिए ।


बुकबिल्डङ्ग महत्वपुर्ण कुरा हो यो स्वच्छ र पारदर्शी हुनुपर्छ र अहिले नेप्सेको प्रणलीले १७० भन्दा बढी ब्रोकर धान्न नसक्ने उनले बताएका छन् । ब्रोकरको संख्या वृद्धि टीकालगाएर गर्ने गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x