Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्पेनकालागि नेपालका राजदुतसंग स्पेनमा नेपाली हस्तकला वस्तुहरुको प्रवद्र्धन गर्न छलफल

स्पेनकालागि नेपालका राजदुतसंग स्पेनमा नेपाली हस्तकला वस्तुहरुको प्रवद्र्धन गर्न छलफल

काठमाडौं, ३१ साउन । नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघको कार्यालयमा आज स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै स्पेनमा नेपाली हस्तकला वस्तुको प्रवद्र्धन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष शाक्यबाट नवनियुक्त राजदूतलाई महासंघमा स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको थियो ।


साथै उनले आफ्नो स्वागत मन्तव्यमा हस्तकला क्षेत्र रोजगारी सिर्जनासंगै विदेशी मुद्रा भित्राउने देशको निर्यातमूलक उद्योग व्यवसाय भएको र गत आव २०७८/०७९ मा ४ अर्ब भन्दा बढिको हस्तकलाको वस्तुको निर्यात भएको साथै सोही परिमाणमा आन्तरिक बजारमा कारोबार भएको, यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष गरी करिब ८ लाख व्यक्तिहरु लाई रोजगारी प्रदान गरेको, यस हस्तकला क्षेत्रले देशको कला र संस्कृतिलाई विश्वसामुपरिचित गराएको, स्पेनमा नेपाली हस्तकला वस्तुहरु मध्ये फेल्ट, धातुका वस्तुतथा पश्मिनाका वस्तुहरु निकासी भएको जानकारी गराउनुका साथै स्पेनमा नेपाली हस्तकला वस्तुको बजार प्रवद्र्धनको लागि नेपाल एकदेशीय मेला, क्रेता विक्रेता बैठक र स्पेनमा नियमित रुपमा हुने व्यापार मेला प्रदर्शनीहरुमा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताको लागि आवश्यक सहयोग गरिदिनकोलागि पनि महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा नेपाल डे को रुपमा हस्तकला प्रदर्शनी गरी यस क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भमिका खेल्न सकिने र उक्त प्रयास राजदूतको कार्यकालमा गर्नका लागि अनुरोध गरेका थिए ।

साथै स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीहरुको बारेमा सूचना राजदूतावासबाट प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सकिने र स्पेनमा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन गर्न सकिने जानकारी गराए ।


साथै उहाँले स्पेनमा नेपाली हस्तकलाको राम्रो माग र बजार भएको जानकारी गराउँदै आउने दिनमा राजदूतावासबाट उपयुक्त स्थान र हस्तकला सम्बन्धमा तहाँ राम्रो प्रचार प्रसारको व्यवस्थापन गरिदिनु भयो भने मेलाको आयोजना र नेपाली कलाकारहरुबाट कलाकृती उत्पादन सम्बन्धी जीवन्त कला प्रदर्शनीको माध्यमबाट तहाँ नेपाली हस्तकला र पर्यटन उद्योगको प्रबद्र्धन गर्न सकिने सम्भावना रहेको बताए ।

यस क्रममा निकासीकर्ता डा. गोविन्द टन्डनले राजदूत भएर कुनै देशमा गईसकेपछि के गर्ने भन्ने निश्चित गर्नुपर्ने बताउँदै स्पेनमा नेपाली हस्तकला लगायतका वस्तुहरुको प्रबद्र्धन तथा निकासी अभिबृद्धिका लागि दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं त्यहाँका व्यवसायीहरुबीच भेटवार्ताको वातावरण बनाई बी टु बी कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
यस अवसरमा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले आफु यस अघि ओमानका लािग नेपाली राजदूतमा नियुक्ति भई कार्य सम्पन्न गरी सकेको अनुभव सुनाउँदै तहाँ नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागि पर्ने र नेपाली हस्तकला लगायतका वस्तुहरुको बजार प्रबद्र्धनका लागि सम्भव भए सम्मको पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यस क्रममा राजदूतबाट महासंघको परिसरमा प्रदर्शित चाँदीजन्य गरगहना, धातुकला, हाते कागजका सामान, प्राकृतिक रेशाजन्य वस्तु, फेल्टजन्य वस्तु, पोतेजन्य वस्तु लगायतका विविध हस्तकला वस्तुहरुको अवलोकन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x