एक महिनामा सरकारको पूँजीगत खर्च ०.४ प्रतिशत
काठमाडौं, ४ भदौ । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा सरकारको पूँजीगत खर्च ०.५ प्रतिशत रहेको छ । सो महिना सरकारको कुल खर्च २४ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ । जसमा चालू, पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च क्रमशः ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ, एक अर्ब ५० करोड ८५ लाख रुपैयाँ र १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सरकारले गत आर्थिक वर्षमा दुई खर्ब १६ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा सरकारले तीनवटा शीर्षकमा गरी कुल १२ खर्ब ९६ अर्ब रुपैयाँ खर्च गरेको थियो । गत वर्ष १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७७र०७८ मा सरकारको कुल खर्च ११ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो ।