तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट
काठमाडौं, १० भदौ । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ।
महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौ १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।
‘अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौँ’, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले भने।
अस्पतालका ओपीडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुने प्रशासन प्रमुख केसीले बताए।
यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ।
ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ कलेज र पोलिक्लिनिक पनि छ।