Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

स्वदेशी उद्योगको क्षमता उपयोग बढ्यो

स्वदेशी उद्योगको क्षमता उपयोग बढ्यो

काठमाडौं, १९ भदौ । स्वदेशी उद्योगहरूको क्षमता उपयोग बढेको एक अध्ययनले देखाएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले देखाएको हो ।

प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशलमव पाँच प्रतिशत उपयोग गरेका छन्, जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव आठ प्रतिशत थियो । यस्तै उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ को प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्ष २०७८–७९ को प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१ दशमलव १५ रहेको अध्ययनले देखाएको छ । प्रतिवदेनअनुसार अहिले पनि ६१ दशमलव आठ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x