कुमारी क्यापिटलको चौंथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २१ भदौ । कुमारी क्यापिटल लिमिटेडको चौंथो वार्षिक साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा भाद्र २० गते सम्पन्न भएको छ ।
उक्त सभामा कम्पनीको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित भएको बताइएको हो ।
सभाले कम्पनिको हाल कायम चुक्ता पुँजी ४० करोडको ५ प्रतिशतले हुन आउने २ करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको थियो ।
अन्तमा, सभाका अध्यक्षले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पहूँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाउदै शेयरधनि कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरका थिए ।