हिमालयन बैंक लिमिटेडलाई टीएससीएफपी अवार्ड
काठमाडौं, २७ भदौ । एशियाली विकास बैंक (ए.डि.बि.) ले हिमालयन बैंक लिमिटेडलाई TSCFP Award 2022- Leading Bank in Nepal गरेको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरे ।