Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

एक दिनभन्दा टिकेन शेयर बजारको वृद्धि, बिहीवार ५७ अंकले ओरालो

एक दिनभन्दा टिकेन शेयर बजारको वृद्धि, बिहीवार ५७ अंकले ओरालो

काठमाडौं, ३० भदौ । यस साताको चौथो कारोबार दिन बुधवार उत्साहजनक रूपमा बढेको शेयर बजार बिहीवार थामिन सकेन । यस दिन बजार मापक नेप्से परिसूचक ५७ अंकले घटेर पुनः १९२४.४८ अंकमा आइपुगेको छ ।

बिहीवार कारोबारमा आएका सबै समूहको उपसूचक राताम्मे भएका छन् । यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीवार २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन वित्त समूहको उपसूचक सर्वाधिक ५.२४ प्रतिशतले खस्किएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *