Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई लगानी कोष प्रबन्धकको इजाजत

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई लगानी कोष प्रबन्धकको इजाजत

काठमाडौं, ३ असोज । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ। सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको छ ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान जनाएको छ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ । आगामी दिनमा नेपालको सम्भावना र आकांंक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको पनि उनले बताए ।

उनले भने, हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्य सहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं ।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवं भेन्चर क्यापिटल कोष संचालक फर्म हो । जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने रहेको कम्पनीले जनाएको छ । हामीले लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य–आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना बनाएका छौं, कम्पनीले उल्लेख गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, र लक्ष्मी बैंक लिमिटेड जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित आध्यन्त नेपालमा पूंजी परिचालन मार्फत आर्थिक विकासका लागी सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको पनि दाबी गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x