Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर  सञ्चालन

काठमाडौं, ६ असोज । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारामा शाखा विस्तार गरेको छ  ।

बैंकले बुधवार काठमाडौंको बल्खु, इन्द्रायणी, गैरीगाउँ, झोर, आरुवारी, छाउनी, महाराजगंज, नेकोसेरा भक्तपुर, जैसिदेवल, जनकपुरधाममा काउन्टर सञ्चालनमा ल्याएको हो ।

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x